
मलेसियामा अरमन गुरुङलाई कुन रुपमा चिनिन्छ
सबैको उत्तर निस्किन्छ -उनी नृत्यकार हुन् । तरेली सांस्कृतिक समूहका नाइके हुन् । विभिन्न तरिकाका नृत्य गर्न माहिर छन् ।
तर उनको नजिकमा परेपछि त्यस्तो लाग्दैन । उनी राम्रा नृत्य गर्छन् नृत्यको तारतम्य मिलाउँछन् त्यो त उनको बाहिर देखिएको एउटा पाटो मात्र रहेछ । खासमा उनी बढि सिर्जना गर्न नयाँ शब्द कोर्न र संगीत दिनमै समय गुजार्ने कुरा ओकल्न पुगे ।
यो मलेसियाको नेपाली जीवनमा पनि हरेक प्रकारका व्यक्तिहरुको आगमन भएको छ । अभिव्यक्तिमार्फत पहिले देखि सार्वजानिक गरिदै आएको कुरा हो -हामी रोजगारको लागि आएका हौं हामीले अर्काको काम गर्नुपर्छ भन्ने मात्र नभई हामी आफ्नो सीप कलालाई विदेशीको सम्मुख पनि बिसाउन पाउँ भन्ने भावना नेपालीको छ ।
ती भन्दा केही अब्बल हुन् अरमन । उनको जन्म २०२६ सालमा दुलाडी ३ फलैचा स्याङ्जामा भएको हो । उनका बाबा अमनिसंह गुरुङ र आमा चिजामाया गुरुङ हुन् । तीनभाईमा माहिला छोरा हुन् । पारिवारिक नै भनौ सम्पूर्ण परिवार नै नाचगानमा निपूर्ण छन् । यसको बारेमा उनी भन्छन् गुरुङ परिवारमा हुने रोधीको अगुवा उनका पूर्खाहरुले गरेका थिए । त्यसैले त्यही जीन उनीहरुमा क्रमशः सर्दै गयो कि
के के गरियो त अभिव्यक्तिको प्रश्नमा उनी भन्छन् -ुके चाही गरिएन र ! तर धेरै काम जान्नु पनि दुःखको कुरो हो ।ु कुराकानीको बिचमा फुत्त यो कुरा पनि ओकले अरमन गुरुङले । धेरै रमणीय पर्यटकीय क्षेत्र भएको जिल्ला स्याङ्जामा जन्म भएपनि विकटताको कारण नुन बोक्न सदरमुकाम पुगेकेा अनुभूति छ हलो जोतेको अनुभूति छ डोको नाम्लो दाम्लो बुन्नु र बाट्नुदेखि एउटा साधारण नेपाली परिवारले जिउँदा गरिने सबै प्रकारका कामहरु उनले गरिसकेका रहेछन् ।
उनी नाच्थे गाउँघरको रोधी रत्यौली कार्यक्रमहरुमा । रमाइलै लाग्थ्यो । अनि काममा निस्किएको बेला सोच्थे -यो भन्दा सुखको संसार कतै पाइन्छ कि
एउटा मान्छेको कल्पना त हो । माध्यमिक स्तरको शिक्षापश्चात उनी अर्कै संसार खोज्न निस्किए ।
उनी भारत पुगे होटलतिर काम गर्न पुगे कहिले इलोक्ट्रोनिक सम्बन्धी काम गर्न पुगे । उनको जीवनी अध्ययन गर्दा यस्तो लाग्छ उनी सबै काममा निपूर्ण छन् । जुन काम गर् यो उसैमा खग्गु भैहाल्छन् । रेष्टुरेन्ट व्यवासाय सम्बन्धी पनि राम्रो गर्न सक्ने खुबी छ इलेक्ट्रोनिक सम्बन्धी कार्यले गर्दा उनी गाउँभरीका मिस्त्रि पो भाुछन् रे । यो पाटो उनको निजात्मक रुपमा रहेको छ । उनले भारतमा सिलाई पनि सिक्न पुगेछन् । भारतमा नेपालीहरुले चाडै पाउने काम भनेको गार्मेन्ट र सिलाईसम्बन्धी नै हो । मेहनती र इमान्दारी मन भएकाहरुले चाडै नै प्रगति गर्छन् । उनी त्यसैमा परे । त्यो सिलाईलाई नेपालमा प्रयोग गरौ भन्ने भएर आएछ उनको मनमा । धेरै किसिमका कामहरु गर्दै आए धेरै काम सिके अब यसैलाई जीवन चलाउने चर्खा बनाउँ कि भन्ने सोच पनि पलाए । तर अफसोच ! नेपाल उपयुक्त कच्चा पदार्थको अभावको कारण उनको सपना साकार हुन पाएन ।
अर्को महत्वपूर्ण पाटो पनि अभिव्यक्तिको खोजमा पायो । उनी विशाल हृदयका समाजसेवीसमेत रहेछन् । किनभने उनले अनाथ छोरीलाई पनि पिताको आश्रय दिएका छन् । शुभेच्छा गुरुङ नाम रहेको छोरीलाई राम्रो पालन पोषणका साथ हुर्काएर हाल जागीरसमेत खुवाउन सफल भएका छन् ।
त्यो भन्दा महत्वपूर्ण पाटो भनेको सिर्जना हो । उनी धेरैभन्दा धेरै सिर्जनशील व्यक्ति हुन् । जसको सिर्जना मलेसियाको नेपाली जीवनको इतिहासमै कोरिएर बस्छ यो अभिव्यक्तिको बाजी नै भयो ।
उनी समय काट्ने क्रममा पोखरा भित्रिए । पोखरा नेपालको पर्यटकीय क्षेत्र । युवाहरुमा धेरै आशा गर्न सकिने क्षेत्र । अझ उनीजस्ता सिर्जनशील व्यक्तिको त खाँचो नै भयो । तसर्थ समय काट्न धेरै लागेन । पुरानै पूर्खाबाट सर्दैआएको नाचगानपट्टि उनी खिचिन थाले ।
पोखरामा डाँफे कला मन्दिरको आफ्नो छुट्टै स्थान छ । जो पोखरेलीहरु गौरव गर्छन् । कतै केही गर्नुपर् यो भने डाँफेलाई सम्झन्छन् -सांस्कृतिक कार्यक्रमको लागि । हुन पनि २०२८ सालमा बगरमा खोलिएको उक्त कला मन्दिरले धेरै भन्दा धेरै दर्शकहरु तानेपछि पोखराकै पुरानो चलचित्र घर कल्पना फिल्म हलले मुद्दा पनि हालेकेा थियो । त्यसपछि विधिवत दर्ता गरेपछि डाँफे सँधै अगाडि बढिरह्यो । अरमन पनि त्यसै संस्थामा आवद्ध हुन पुगे ।
यसमा आवद्ध भईकन पनि उनी चार वटा स्कूलमा नृत्य सिकाउँथे । पर्यटकीय क्षेत्र भएकोले गर्दा प्रायःजसो सांस्कृतिक कार्यक्रमहरुमा भाग लिईरहनुपथ्र्यो । त्यसैले आफ्नो सिर्जनशीलता निखार्ने कार्यहरु दु्रतगतिमा बढि नै रह्यो ।
नाच्ने मात्र काम गर्नुभयो कि भन्दा उनी हतारिएर भन्छन् - कहाँ मैले गीत गाएको छु । एल्बम निकालेको छु । पश्चिमााचल क्षेत्रीयस्तरको लोकगीत प्रतियोगिता उनी दोश्रा भएका थिए रे । त्यसबेलाका प्रथम हालका चर्चित लोकगायक भगवान भण्डारीले जितेका रहेछन् । आफ्नै रचना संगीतको गीतको बोल -नरोउ धर्केर धन कमाई ल्याई साहुको ऋण तिर्नेछु फर्केर ।
त्यसपछि कौडा लोकगीतको एल्बम २०५१ गाउन पुगे र बरको छायाले नामक पहिलो आफ्नो एल्बम निकाल्न पुगे २०५२ मा । जसमा हरि केसी पुरुषोत्तम न्यौपानेले साथ दिएका थिए । अनि त्यसै साल कोइली चरीले नामक लोक गीती एल्बम धनबहादुर गुरुङ रुवी गौली सेती गुरुङ र चन्द्रा गुरुङकेा साथमा निकाल्न भ्याए ।
डाँफे कला मन्दिरको तत्वधानमा उनी नेपालका कुनाकाप्चामा पुग्न भ्याएका रहेछन् । िसंगापूर र बु्रनाईसम्मको विदेश यात्रा समेत गर्न भ्याएका रहेछन् । त्यसरी आयतन फैलाएको आफ्नो यात्रालाई अरमनले अर्को महत्वपूर्ण निर्णय गर्न पुगे । उनी लगायत केही साथीहरुकेा सकृयतामा तरेली सांस्कृतिक संस्थाको रुपमा आफूलाई उभ्याएछन् ।
के डाँफेबाट फुट्नु भएको थियो कि
उनी भन्छन् -होइन हामी पनि सक्षम भयौ सक्षम व्यक्तिले स्वतन्त्ररुपमा संस्था खोल्न पाउनु नैसर्गिक अधिकार हो । अभिभावकको खटनमा रहेर एकदिन उसले पनि अभिभावक बन्नै पर्छ ।
उनको कुरालाई सदर नै मान्नुपर्छ । त्योभन्दा पनि पर्यटकीय क्षेत्र भएको कारण जति धेरै धेरै संस्थाहरु बढ्यो उती ग्राहकहरुलाई पुर् याउन सजिलो हुन्छ । तसर्थ संस्था खोलिएकोमा कुनै आपती जनाएनन् डाँफे र पोखरेलीहरुले ।
त्यसैबेला नेपालको इतिहासमा नराम्रो पासा पल्टियो । शान्त क्षेत्रहरुमा अशान्तको वातावरण उब्जियो । धेरैको सपनाहरु चकनाचुर हुँदै गए । अरमनले यता उता गरेर पोखरामै एउटा सानो घर ठड्याउन सफल भएका थिए र त्यस घरमा श्रीमती विष्णु गुरुङ र छोरी अम्बिका गुरुङ छोरा अभिषेक गुरुङ हुर्किरहेका थिए । सिर्जनामा तल्लीन अरमन र छोराछोरीको पढाई दुवै एकैचोटी नबढ्ने देखे र उनी मलेसियाको यस मानवसागरमा ओइरिन पुगे ।
तर गर्ने मान्छेलाई कहि पनि छेक्दैन ।
उनी कम्पनीमा आउनपूर्व कम्पनीलाई जानकारी थियो -एउटा कलाकार भनेर । तसर्थ उनको कम्पनीले विभिन्न फङ्सन्हरुलाई उनलाई उभ्याउने गरेकेा छ । जो उनको लागि पुनः अहोभाग्यको कुरो भयो ।
कस्तो छ त मलेसियाको जीवन उनी भन्छन् - खै के खै के लेकवेशीमा झ्याउरे तालमा नाच्दै नेपाली बजारको आधुनिक पारामा नाच्न भ्याएका उनी कहिले काँही कम्पनीले डिस्कोमा पनि नचाउँछ नि ! यो त संस्कृतिअनुसारको कुरा हो । यसमा आत्तिइहाल्नु हुन्न ।
अँ उनी मलेसिया आएपछि सिर्जनशील बन्नमा अभिप्रेरित त भए नै । विदेशको भूमिमा आफ्नो भन्नु नै पहिलो आफन्त र जाति हो । उनी गुरुङ समुदायका । तसर्थ उनी नेपाल तमू समाज मलेसियाको नजिक हुन पुग्ने नै भए ।
समाजले मलेसियामा आफ्नै किसिमको छाप मार्न सफल भएको छ -बेला बेला सांस्कृतिक कार्यक्रमहरु गरेर । उनी त कलाकार पुनः फुत्त बाहिर आए -नेपालीहरुको सामू ।
खारियेका हुन उनी र त उनी चाडै नै चर्चित भइहाले । अनि उनलाई आफ्नो संस्था तरेली सांस्कृतिक परिवारको साइनो गास्न चाहे । फलस्वरुप मलेसियामा उक्त संस्थाको प्रतिरुप दिन सफल भए ।
यसलाई लिएर धेरैले तमू समाजमा भाड भैलो ल्याएको कुरा पनि बजारमा ल्याईए । उनी भन्छन् -त्यस्तेा केही भएको होइन मान्छेमा कहिले काँही मिसअण्डरस्ट्याण्डिङ हुन्छ । मिडियाले त बाहिर राम्रै कुरा ल्याएको थियो । व्याख्खा गर्नेले अर्कै गरिदिए । तर अहिले तमू समाज र मेरो सम्बन्ध राम्रो नै रहेको छ ।
मलेसियामा सांस्कृतिक कार्यक्रम कल्पना गर्नै नसकिने अवस्था भएको छ अहिले । उनी धेरे खुशी छन् । तर अब के होला यसको भविश्य भन्ने प्रश्न राख्दा उनी एकछिन मौन हुन्छन् । वास्तवमा तरेलीमा पोखरेलीहरुमात्र नभएर देशव्यापी कलाकारहरुको साझा संस्था बनिसकेको छ । अब यो पोखरामा सिमित रहेन । पूर्वपश्चिम पुगिसक्यो । तसर्थ देशव्यापी रुपमा कार्यक्रम साचालन गर्ने विचार छ उनकेा ।
केही फुस्रद पायो कि नयाँ गीत संगीत बनाउनमा व्यग्र रहने उनी भविष्यमा संगीत क्षेत्रमै रम्ने बताए । यो शरीरले कति पो थाम्छ र नाच्नु तसर्थ भविष्यको लागि सोच्नै पर् यो । यो भविष्यको चिन्ता यो । तर उनी त हरेक काम गर्न सक्ने मान्छे । जस्तो काम पनि गर्न सक्छु भन्ने आँट त अझै मरेको छैन ।
छोराछोरीलाई यही क्षेत्रमा लगाउने नलगाउने आपुूले निक्र्यौल नगरेपनि दुवैजना नाच्न गाउनमा दखल रहेको कुरा पनि भन्न भ्याए । संस्कृति धरोहरका खम्बा अरमन अब आउने एक वर्षपछि घर फर्किने तयारीमा रहेका छन् ।
प्रस्तुति ः देवेन्द्र सुर्केली

No comments:
Post a Comment