Thursday, March 13, 2008

लक्ष्मण रेखा रेखाको





ुसानोमा निकै छुच्ची हुनुहुन्थ्यो होला हैंु कुराकानीको शुरुवात नै यसरी भएको रेखा राईसँग । उनले सहजै भनिन् -ुम छुच्चो मान्छेको लागि छुच्चो नै हुँ र साधारण मान्छेको लागि साधारण ।ु अहिले त्यो छुच्चोपना कतिको छ त भन्ने प्रश्न गर्न नै नपरी उनले सम्पूर्ण उत्तरसमेत एकै स्वरमा दिइन् । ुभनेपछि यहाँ केही रिस उठ्दो प्रश्नहरु पनि उठ्न सक्छन् नि त्यो बेला के गरौं ।ु भन्ने अर्को च्याँखे थाप्दा मुसुक्क हाँसोसहित उनको उत्तर थियो -ुत्यहीबेला क_िन्सडर गरौला ।ु
रेखा राई उनी नृत्याङ्गाना हुन् । उचाई अनुसारकै सुन्दरता बोकेकी रेखाले एक वर्षभित्रमै मलेसियाको बजारमा आफ्नो वाहवाही लुटाइदिइन् । हुन पनि एउटा कम्पनीमा काम गर्नको लागि आएकी रेखालाई ग्ल्यामस्र क्षेत्रमा नाम कमाउनमा मलेसियामा नेपालीहरुले एउटा जरा गाड्नुजस्तै हो ।
उनी राम्रै नाच्छिन् । नाच्दा गीतको हाउभाउलाई दुरुस्तै उतार्न सक्ने भएको कारण नै उनी चर्चित हुनमा सहयोग पुग्यो । हरेक कलाकारको यो खुबीको कारण नै उनीहरु जम्न सफल हुन्छ । तर मलेसिया आउने सबै कलाकार लेखक पत्रकारहरुको हृदयभरी किन खाटा र घाउहरु बसेको हुन्छ रेखा राईको भित्री आत्मामा पुगेपछि फुत्किएको शब्द हो यो । उनीसँग लामो समयसम्म बसेर उनको मनभित्रका कुराहरु खोतलखातल गर्दा धेरै नै उतारचढावहरु भेटिए -जीवनका । अनि थाहा हुन पुग्यो जब स्टेजमा पुग्छिन् उनी सम्पूर्ण जीवनलाई सम्झेर लिन हुन पुग्छिन् विस्तारै दर्शकहरुको मन जितिसकेको पत्तै हुदैन ।
भनिन्छ जीवन नबुझिीकनै प्रवेश गरिदो रहेछ । जब जीवन बुझिन्छ तब धेरै गल्तीहरु भइसकेको जान्छिन् । उनी भन्दै जान्छिन् -ुमेरो बाबा उदयबहादुर मुखिया इण्डियन आर्मी आमा लक्ष्मी मुखिया । पाँचजना छोरीहरुमध्ये म काइँली । सन् १९८५ मा इलामको माइपोखरी १ जस्वीरेमा मेरो जन्मभएको हो । सानोमा म केही रोगी थिएरे अनि बाबाको साह्रै प्यारी । प्यारी छोरी प्याउली हुनु स्वभाविकै हो । निकै फराकिलो भुभाग रहेको माइपोखरी भित्रकै सानो जस्वीरे गाउँ नै आफ्नो लागि ठूलो संसार थियो ।ु
बाबाआमाले मिल खोलेर बसेका थिएँ त्यसैकारण अर्को ठाउँमा ओहोरदोहोर गरिरहन्थे । तसर्थ सानैदेखि दिदीबहिनीसँग घर गर्ने बानी बसेको थियो । सानैदेखि नृत्यभनेपछि हुरुक्कै हुने उनको बानी थियो । बाबाले जहाँ पनि बोकेर लाने । जहाँ सांस्कृतिक कार्यक्रम हुन्थ्यो उनी एकछेउमा नाच्थिन् रे । उनलाई सम्झना रहेछ चलचित्र हेर्न जाँदा गीत आउँदा बसेको सिटमै नाचेको । कक्षा ६ मा पढ्दाताका स्कुलले सरस्वति पूजा गर्दा आफ्नो प्रतिभा देखाउन पुगेकि थिइन रे नाचेर । आपुूलाई सम्पूर्ण स्कुलमा परिचय गराइदिने गति गुनगुनाउँदै भन्छिन -किन मन हुन्छ चाचल ।
उनको यो प्रतिभा देखेर बाबाले छोरीलाई राम्रो नृत्याङ्गाना बनाउने सपना नदेखेको होइन तर माथि नै भनियो नि सानो जस्वीरे नै ठूलो संसार वास्तवमै बनेछ । उनी त्यो समयमा नै प्रेममा चुर्लुम्म डुबिसकेकी रहिछिन् । गाउँकै दिवस राईले उनलाई ठूलो संसार दिइसकेका थिए तसर्थ काठमाडौ गएर पढ्ने र नृत्य सिक्नेतर्फ ध्यान दिइनन् । उनको बाबाको सपना पूरा हुन नदिई आफ्नै सपना पूरा गर्न हतारिएर नै कक्षा ९ पढ्दा पढ्दै उनले विवाह गर्न पुगिन् उनै दिवससँग । अनि मात्र थाहा पाइन् -जिन्दगी । लामो बाच्नुपर्ने त छँदैछ तर छोटो उमेरमा नै जिन्दगी थाल्दाको अनुभव रेखा राई राम्ररी बुझ्न पुगिन् ।
उनले भनिन् -मैले पनि धेरै गल्तीहरु गरेको छु । तर संघर्षरत छु संघर्षले ति गल्तीहरुलाई पुर्नेछु । तर दिवससँग मेरो के गल्ती थियो त उनी आक्रोश पोख्छिन् । त्यति सानैदेखिको प्रेम जुन प्रेमले कसैको सपनालाई पनि भत्काएर अमर बनाउने कोशिष गरेका थिए । उही दिवसले विस्तारै लत्याउँदै गयो । सारा सपनाहरुलाई लथालिङ्ग बनाइदियो ।
उनी राम्रो फुटवल पनि खेल्थिन् । गाउँ वडास्तरमा राम्रो छवि कायम पनि बनाएकी रहिछिन् । दिवस पनि खेलाडी नै थियो । साथसाथै पायोनियर युथ क्लव जस्वीर पनि दर्ता थियो गाउँमा । उनीहरु त्यसका सदस्य । क्लबबाट स्थानीयस्तरको कार्यक्रमहरु गर्ने देउसी खेल्ने तथा खेलकुदजस्ता अतिरिक्त कृयाकलाप हुन्थे । त्यसैको लोकपि्रयताबाटै उनले इलाममा भएको ढकाल सुमधुर साँझमा समेत आफ्नो प्रतिभालाई पस्कने मौका पाइन् ।
तर त्यो एक पाटो भएपनि रेखाको वास्तविक पाटो समस्यामा गुजि्ररहेको थियो । उनी भन्छिन्- ुदिवसको बाबा वि्रटिस आर्मी । खानदानी परिवारको कान्छो छोरा दिवस । त्यसमा पनि सुनुवार । अन्र्तजातीय विवाहको मार मैले खेप्नुपरेको हो ।ु यद्यपि चारजातिले आपुूलाई किरात जाति स्वीकार्छन् -राई लिम्बू याख्खा र सुनुवार । तर ब्राम्हणवादको जरो राई जातिभित्र पनि पसेको छ र सुनुवार जातिलाई अर्कै जातिको रुपमा हेर्ने गर्छ । त्यो गलत संस्कार मार रेखालाई पर्न गयो ।
माइतमा मायामा हुर्केकी रेखाले परायाको ठूलो भारी बोक्न कठिन भयो । उनी त्यो सहन सक्थिन् सहन भनेर आँट पनि गरेकी हुन् तर आपुूले समर्पण गरेको दिवसले उनलाई त्यति वास्ता नगरेपछि के हुन्छ र मेला जाँदा फुटवल खेल्न जाँदा लामो समयसम्म हराउने उनको बानीले रेखा हैरान भइन् र माइत आउन बाध्य भइन् ।
जुनबेला नेपालमा अर्कै परिस्थितिले गाज्न थालिसकेको थियो । गाउँघर क्रान्तिकारीको सेल्टर हुनपुगेको थियो । अनि गाउँघरका युवायुवती बलजफतीले नै उक्त भेलामा सामेल हुनपुग्दथे । रेखापनि नजान्दा नजान्दै केहीनजिकसमेत हिड्न पुगिन् । तर पूर्णकालिन होइन । उनको शब्दमा भन्नुपर्दा -उनीहरुसँग केही चिनाजान र थोरै हिमचिम मात्र हो ।
उमेर नपुग्दै विवाह भएको कारण उनमा परिपक्वता झल्केको थिएन । उनी माइतबाट दिदीको साथमा काठमाडौ आइन् । बाबाले फेरि पढ्न र नृत्यमा लाग्न सल्लाह दिएका थिए । तसर्थ उनले नेपाल टेलिभिजनमा प्रशारण हुने आँगन कार्यक्रममा नाच्न पर् यो भन्ने सोच बनाइन् । र त्यसको लागि आवश्यक तर्जुमा गर्न पनि थालिन् । त्यसैबेला अलि अलि नृत्यसम्बन्धी ज्ञान पनि भएछ । उनी भन्छिन् -जसरी गायनमा सारेगामापधनिसाभित्र गाइन्छ त्यस्तै नृत्यका आफ्नै सुत्रहरु हुँदा रहेछन् ।
तर आँगनको अडिसन दिने दिनमा उनी उपस्थित भइनन् । उनलाई विदेश पो जाने भन्ने कुराले गाँज्न थाल्यो । विवाहपछिको यथार्थ घटनाहरु उनलाई राम्ररी थाहा थियो जीवनलाई नजिकबाट बुझ्न पनि थालिसकेकी थिइन् तसर्थ सबैभन्दा पहिला त पैसा कमाउन पर्छ भन्ने उनमा भयो ।
त्यसैबेला मलेसियामा नेपाली महिलाको लागि कोटा आयो रे भन्ने सुन्न पुगिन् । र उनले पनि आवेदन दिइन् । उनी छनौटमा परिन् र कैयौ सपनाहरु बोकेर मलेसिया भित्रिइन् -सन् २००५ मा ।
मलेसियामा उनले भनेजस्तो भयो भन्ने उनको दुईवटा उत्तर छ । भयो यसकुरामा कि मलाई रेखा राई भनेर चिने । भएन किनकी अब मात्र मैले जीवन बुझेको छु । त्यसैले त्यो जीवनको लागि अझै लामो संघर्ष गर्नुछ । किनभने मलेसियामा पनि उनको कहानी केही फरक तथा रोचक रहेको छ ।
उनी क्लालालम्पूरस्थीत एसएफ म्यानुफ्याक्चस्रमा गाडीभित्र हुने रबरका सामानहरु बनाउने कम्पनीमा आएकी थिइन् जहाँ उनीजस्तै १४ जना नेपालीहरु महिलाहरु थिए । श्रीमान दिवस राई पनि यही छन् भन्ने उनलाई थाहै भएनछ । एक्कासी इपोमा कार्यरत रहेका राजेन्द्र बराल जो नेपालका कलाकार थिए र नेपालमा नै उनीहरुको चिनजान रहेको थियोले उनलाई दिपावली साँझको लागि अफर गरे । उनी गइन् र प्रथम स्थान पनि हासिल गरिन् । त्यही पुनः भेट भयो श्रीमानसँग । कोमल मन हुन्छ नारीमा । त्यसैकारण लामोसमयदेखि बेखबर रहेका पतिलाई आफ्नो हृदयमा बास दिइन् किनभने उनीहरुमा प्रेम थियो सानैदेखि ।
तत्कालै नेपाल तमू समाज मलेसियाले फो ल्होछार मनायो त्यसैबाट हो -रेखाको वास्तविक प्रतिभा मलेसियावासी नेपालीहरुले देख्न पाएको । तमूहरुले उक्त सिडी बजारमा छाएको कारण उनको माग ह्वात्तै बढेर गयो मलेसियामा ।
विदेशमा भेटिएको आफ्नो श्रीमान उनको केही आडभरोसा पनि बन्यो । हरेक कार्यक्रममा उनी श्रीमानको आज्ञाबमोजिम सरिक हुन्थिन् । त्यसैले मलेसियाको धेरेभन्दा धेरै ठाउँहरुमा कार्यक्रम दिन सफल पनि भएकी छिन् । तर उनको धैर्यताको बाँध फेरि फुट्यो कि उनको श्रीमान नेपाल फर्केर गएपछि पुनः वेवास्ता हुन थाल्यो । उनले सोचिन् -लागेको बानी छुट्न गाह्रो हुनेरहेछ ।
अनि आफूलाई संर्घषी बनाउन थालिन् । तरेली सांस्कृतिक समूह बनाएपछि रविन्द्र गुरुङसँगको जोडी नृत्यमा झनै स्थापीत गराए । जिन्दगी यस्तै त रहेछ भनेर उक्त जोडीलाई वास्तविक जोडीको रुप पनि दिइन् । चाडै नै मलेसियाबाटै बन्न लागेको चलचित्र परदेशको पीडा नामक चलचित्रमा नायिकाको निम्ति साइन पनि गरिसकेकी छिन् । पहिले पायोनियर क्लबबाट अन्धो समाज र परदेश नामक नाटकमा केन्द्रीय भूमिका गरेको कारण उनमा गर्नसक्छु भन्ने आँट छ ।
भर्खरै कम्पनी पनि परित्याग गरेकी छिन् । तैपनि उनमा आँट छ नयाँ रेष्टुरेन्ट वा कुनै व्यवसाय गरेर बस्छु भन्ने । यदि उनी पुलिसको फन्दामा परेपनि उनी भन्छिन् -मलाई जेल बस्ने आँट पनि छ । अबको संघर्ष नै मेरो लक्ष्मण रेखा हो ।
अन्तिममा सोधियो -तपाइलाई रेखा गुरुङ भन्दा हन्छ त भन्दा सजिलै भनिन् -लेख्नसक्नुहन्छ । पुनः चोसो प्रश्न राखियो मुखिया सुनुवार बाट राई हुनुभयो राईबाट गुरुङ कतिवटा थर फेरुँ त उनले हाँसेर भनिन् -हो यहाँनिर नारीको गल्ती भएको हुन्छ । मैले सबै डकुमेन्ट राईको तर्फबाट बनेको छ । तसर्थ कानुनत म राई हुँ । अब सकेसम्म म मुखियाबाट बनाउने कोशिस गरुँला त्यसपछि मलाई यो सोध्ने हिम्मत नगर्नुहोला ।

प्रस्तुति ः देवेन्द्र सुर्केली


Thursday, March 6, 2008

धेरै जान्नुपनि नराम्रो


मलेसियामा अरमन गुरुङलाई कुन रुपमा चिनिन्छ

सबैको उत्तर निस्किन्छ -उनी नृत्यकार हुन् । तरेली सांस्कृतिक समूहका नाइके हुन् । विभिन्न तरिकाका नृत्य गर्न माहिर छन् ।

तर उनको नजिकमा परेपछि त्यस्तो लाग्दैन । उनी राम्रा नृत्य गर्छन् नृत्यको तारतम्य मिलाउँछन् त्यो त उनको बाहिर देखिएको एउटा पाटो मात्र रहेछ । खासमा उनी बढि सिर्जना गर्न नयाँ शब्द कोर्न र संगीत दिनमै समय गुजार्ने कुरा ओकल्न पुगे ।

यो मलेसियाको नेपाली जीवनमा पनि हरेक प्रकारका व्यक्तिहरुको आगमन भएको छ । अभिव्यक्तिमार्फत पहिले देखि सार्वजानिक गरिदै आएको कुरा हो -हामी रोजगारको लागि आएका हौं हामीले अर्काको काम गर्नुपर्छ भन्ने मात्र नभई हामी आफ्नो सीप कलालाई विदेशीको सम्मुख पनि बिसाउन पाउँ भन्ने भावना नेपालीको छ ।

ती भन्दा केही अब्बल हुन् अरमन । उनको जन्म २०२६ सालमा दुलाडी ३ फलैचा स्याङ्जामा भएको हो । उनका बाबा अमनिसंह गुरुङ र आमा चिजामाया गुरुङ हुन् । तीनभाईमा माहिला छोरा हुन् । पारिवारिक नै भनौ सम्पूर्ण परिवार नै नाचगानमा निपूर्ण छन् । यसको बारेमा उनी भन्छन् गुरुङ परिवारमा हुने रोधीको अगुवा उनका पूर्खाहरुले गरेका थिए । त्यसैले त्यही जीन उनीहरुमा क्रमशः सर्दै गयो कि

के के गरियो त अभिव्यक्तिको प्रश्नमा उनी भन्छन् -ुके चाही गरिएन र ! तर धेरै काम जान्नु पनि दुःखको कुरो हो ।ु कुराकानीको बिचमा फुत्त यो कुरा पनि ओकले अरमन गुरुङले । धेरै रमणीय पर्यटकीय क्षेत्र भएको जिल्ला स्याङ्जामा जन्म भएपनि विकटताको कारण नुन बोक्न सदरमुकाम पुगेकेा अनुभूति छ हलो जोतेको अनुभूति छ डोको नाम्लो दाम्लो बुन्नु र बाट्नुदेखि एउटा साधारण नेपाली परिवारले जिउँदा गरिने सबै प्रकारका कामहरु उनले गरिसकेका रहेछन् ।

उनी नाच्थे गाउँघरको रोधी रत्यौली कार्यक्रमहरुमा । रमाइलै लाग्थ्यो । अनि काममा निस्किएको बेला सोच्थे -यो भन्दा सुखको संसार कतै पाइन्छ कि

एउटा मान्छेको कल्पना त हो । माध्यमिक स्तरको शिक्षापश्चात उनी अर्कै संसार खोज्न निस्किए ।

उनी भारत पुगे होटलतिर काम गर्न पुगे कहिले इलोक्ट्रोनिक सम्बन्धी काम गर्न पुगे । उनको जीवनी अध्ययन गर्दा यस्तो लाग्छ उनी सबै काममा निपूर्ण छन् । जुन काम गर् यो उसैमा खग्गु भैहाल्छन् । रेष्टुरेन्ट व्यवासाय सम्बन्धी पनि राम्रो गर्न सक्ने खुबी छ इलेक्ट्रोनिक सम्बन्धी कार्यले गर्दा उनी गाउँभरीका मिस्त्रि पो भाुछन् रे । यो पाटो उनको निजात्मक रुपमा रहेको छ । उनले भारतमा सिलाई पनि सिक्न पुगेछन् । भारतमा नेपालीहरुले चाडै पाउने काम भनेको गार्मेन्ट र सिलाईसम्बन्धी नै हो । मेहनती र इमान्दारी मन भएकाहरुले चाडै नै प्रगति गर्छन् । उनी त्यसैमा परे । त्यो सिलाईलाई नेपालमा प्रयोग गरौ भन्ने भएर आएछ उनको मनमा । धेरै किसिमका कामहरु गर्दै आए धेरै काम सिके अब यसैलाई जीवन चलाउने चर्खा बनाउँ कि भन्ने सोच पनि पलाए । तर अफसोच ! नेपाल उपयुक्त कच्चा पदार्थको अभावको कारण उनको सपना साकार हुन पाएन ।

अर्को महत्वपूर्ण पाटो पनि अभिव्यक्तिको खोजमा पायो । उनी विशाल हृदयका समाजसेवीसमेत रहेछन् । किनभने उनले अनाथ छोरीलाई पनि पिताको आश्रय दिएका छन् । शुभेच्छा गुरुङ नाम रहेको छोरीलाई राम्रो पालन पोषणका साथ हुर्काएर हाल जागीरसमेत खुवाउन सफल भएका छन् ।

त्यो भन्दा महत्वपूर्ण पाटो भनेको सिर्जना हो । उनी धेरैभन्दा धेरै सिर्जनशील व्यक्ति हुन् । जसको सिर्जना मलेसियाको नेपाली जीवनको इतिहासमै कोरिएर बस्छ यो अभिव्यक्तिको बाजी नै भयो ।

उनी समय काट्ने क्रममा पोखरा भित्रिए । पोखरा नेपालको पर्यटकीय क्षेत्र । युवाहरुमा धेरै आशा गर्न सकिने क्षेत्र । अझ उनीजस्ता सिर्जनशील व्यक्तिको त खाँचो नै भयो । तसर्थ समय काट्न धेरै लागेन । पुरानै पूर्खाबाट सर्दैआएको नाचगानपट्टि उनी खिचिन थाले ।

पोखरामा डाँफे कला मन्दिरको आफ्नो छुट्टै स्थान छ । जो पोखरेलीहरु गौरव गर्छन् । कतै केही गर्नुपर् यो भने डाँफेलाई सम्झन्छन् -सांस्कृतिक कार्यक्रमको लागि । हुन पनि २०२८ सालमा बगरमा खोलिएको उक्त कला मन्दिरले धेरै भन्दा धेरै दर्शकहरु तानेपछि पोखराकै पुरानो चलचित्र घर कल्पना फिल्म हलले मुद्दा पनि हालेकेा थियो । त्यसपछि विधिवत दर्ता गरेपछि डाँफे सँधै अगाडि बढिरह्यो । अरमन पनि त्यसै संस्थामा आवद्ध हुन पुगे ।

यसमा आवद्ध भईकन पनि उनी चार वटा स्कूलमा नृत्य सिकाउँथे । पर्यटकीय क्षेत्र भएकोले गर्दा प्रायःजसो सांस्कृतिक कार्यक्रमहरुमा भाग लिईरहनुपथ्र्यो । त्यसैले आफ्नो सिर्जनशीलता निखार्ने कार्यहरु दु्रतगतिमा बढि नै रह्यो ।

नाच्ने मात्र काम गर्नुभयो कि भन्दा उनी हतारिएर भन्छन् - कहाँ मैले गीत गाएको छु । एल्बम निकालेको छु । पश्चिमााचल क्षेत्रीयस्तरको लोकगीत प्रतियोगिता उनी दोश्रा भएका थिए रे । त्यसबेलाका प्रथम हालका चर्चित लोकगायक भगवान भण्डारीले जितेका रहेछन् । आफ्नै रचना संगीतको गीतको बोल -नरोउ धर्केर धन कमाई ल्याई साहुको ऋण तिर्नेछु फर्केर ।

त्यसपछि कौडा लोकगीतको एल्बम २०५१ गाउन पुगे र बरको छायाले नामक पहिलो आफ्नो एल्बम निकाल्न पुगे २०५२ मा । जसमा हरि केसी पुरुषोत्तम न्यौपानेले साथ दिएका थिए । अनि त्यसै साल कोइली चरीले नामक लोक गीती एल्बम धनबहादुर गुरुङ रुवी गौली सेती गुरुङ र चन्द्रा गुरुङकेा साथमा निकाल्न भ्याए ।

डाँफे कला मन्दिरको तत्वधानमा उनी नेपालका कुनाकाप्चामा पुग्न भ्याएका रहेछन् । िसंगापूर र बु्रनाईसम्मको विदेश यात्रा समेत गर्न भ्याएका रहेछन् । त्यसरी आयतन फैलाएको आफ्नो यात्रालाई अरमनले अर्को महत्वपूर्ण निर्णय गर्न पुगे । उनी लगायत केही साथीहरुकेा सकृयतामा तरेली सांस्कृतिक संस्थाको रुपमा आफूलाई उभ्याएछन् ।

के डाँफेबाट फुट्नु भएको थियो कि

उनी भन्छन् -होइन हामी पनि सक्षम भयौ सक्षम व्यक्तिले स्वतन्त्ररुपमा संस्था खोल्न पाउनु नैसर्गिक अधिकार हो । अभिभावकको खटनमा रहेर एकदिन उसले पनि अभिभावक बन्नै पर्छ ।

उनको कुरालाई सदर नै मान्नुपर्छ । त्योभन्दा पनि पर्यटकीय क्षेत्र भएको कारण जति धेरै धेरै संस्थाहरु बढ्यो उती ग्राहकहरुलाई पुर् याउन सजिलो हुन्छ । तसर्थ संस्था खोलिएकोमा कुनै आपती जनाएनन् डाँफे र पोखरेलीहरुले ।

त्यसैबेला नेपालको इतिहासमा नराम्रो पासा पल्टियो । शान्त क्षेत्रहरुमा अशान्तको वातावरण उब्जियो । धेरैको सपनाहरु चकनाचुर हुँदै गए । अरमनले यता उता गरेर पोखरामै एउटा सानो घर ठड्याउन सफल भएका थिए र त्यस घरमा श्रीमती विष्णु गुरुङ र छोरी अम्बिका गुरुङ छोरा अभिषेक गुरुङ हुर्किरहेका थिए । सिर्जनामा तल्लीन अरमन र छोराछोरीको पढाई दुवै एकैचोटी नबढ्ने देखे र उनी मलेसियाको यस मानवसागरमा ओइरिन पुगे ।

तर गर्ने मान्छेलाई कहि पनि छेक्दैन ।

उनी कम्पनीमा आउनपूर्व कम्पनीलाई जानकारी थियो -एउटा कलाकार भनेर । तसर्थ उनको कम्पनीले विभिन्न फङ्सन्हरुलाई उनलाई उभ्याउने गरेकेा छ । जो उनको लागि पुनः अहोभाग्यको कुरो भयो ।

कस्तो छ त मलेसियाको जीवन उनी भन्छन् - खै के खै के लेकवेशीमा झ्याउरे तालमा नाच्दै नेपाली बजारको आधुनिक पारामा नाच्न भ्याएका उनी कहिले काँही कम्पनीले डिस्कोमा पनि नचाउँछ नि ! यो त संस्कृतिअनुसारको कुरा हो । यसमा आत्तिइहाल्नु हुन्न ।

अँ उनी मलेसिया आएपछि सिर्जनशील बन्नमा अभिप्रेरित त भए नै । विदेशको भूमिमा आफ्नो भन्नु नै पहिलो आफन्त र जाति हो । उनी गुरुङ समुदायका । तसर्थ उनी नेपाल तमू समाज मलेसियाको नजिक हुन पुग्ने नै भए ।

समाजले मलेसियामा आफ्नै किसिमको छाप मार्न सफल भएको छ -बेला बेला सांस्कृतिक कार्यक्रमहरु गरेर । उनी त कलाकार पुनः फुत्त बाहिर आए -नेपालीहरुको सामू ।

खारियेका हुन उनी र त उनी चाडै नै चर्चित भइहाले । अनि उनलाई आफ्नो संस्था तरेली सांस्कृतिक परिवारको साइनो गास्न चाहे । फलस्वरुप मलेसियामा उक्त संस्थाको प्रतिरुप दिन सफल भए ।

यसलाई लिएर धेरैले तमू समाजमा भाड भैलो ल्याएको कुरा पनि बजारमा ल्याईए । उनी भन्छन् -त्यस्तेा केही भएको होइन मान्छेमा कहिले काँही मिसअण्डरस्ट्याण्डिङ हुन्छ । मिडियाले त बाहिर राम्रै कुरा ल्याएको थियो । व्याख्खा गर्नेले अर्कै गरिदिए । तर अहिले तमू समाज र मेरो सम्बन्ध राम्रो नै रहेको छ ।

मलेसियामा सांस्कृतिक कार्यक्रम कल्पना गर्नै नसकिने अवस्था भएको छ अहिले । उनी धेरे खुशी छन् । तर अब के होला यसको भविश्य भन्ने प्रश्न राख्दा उनी एकछिन मौन हुन्छन् । वास्तवमा तरेलीमा पोखरेलीहरुमात्र नभएर देशव्यापी कलाकारहरुको साझा संस्था बनिसकेको छ । अब यो पोखरामा सिमित रहेन । पूर्वपश्चिम पुगिसक्यो । तसर्थ देशव्यापी रुपमा कार्यक्रम साचालन गर्ने विचार छ उनकेा ।

केही फुस्रद पायो कि नयाँ गीत संगीत बनाउनमा व्यग्र रहने उनी भविष्यमा संगीत क्षेत्रमै रम्ने बताए । यो शरीरले कति पो थाम्छ र नाच्नु तसर्थ भविष्यको लागि सोच्नै पर् यो । यो भविष्यको चिन्ता यो । तर उनी त हरेक काम गर्न सक्ने मान्छे । जस्तो काम पनि गर्न सक्छु भन्ने आँट त अझै मरेको छैन ।

छोराछोरीलाई यही क्षेत्रमा लगाउने नलगाउने आपुूले निक्र्यौल नगरेपनि दुवैजना नाच्न गाउनमा दखल रहेको कुरा पनि भन्न भ्याए । संस्कृति धरोहरका खम्बा अरमन अब आउने एक वर्षपछि घर फर्किने तयारीमा रहेका छन् ।

प्रस्तुति ः देवेन्द्र सुर्केली