Friday, February 1, 2008

तरेलीको अर्को सहभागिता

क्वालाम्पुर/जनवरी २६ तारिख शनिबारका दिन Business Society of Malaysia ले कोतारायाको Cafe 1 हलमा मलेसियाका लागि नवनियुक्त प्रथम राजदूत डा. श्री ऋषि अधिकारी ज्यूलाई स्वागत तथा रात्रीभोजको आयोजना गरिएको थियो । नेपाल व्यापार समाज मलेसियाका कर्मा गुरुङको सभापतित्वमा सम्पन्न कार्यत्रममा प्रमुख अतिथि डा. ऋषि अधिकारी हुनुहुन्थ्यो भने अतिथिमा हरिकुमार श्रेष्ठ हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघका संयोजक विचारी चाम्लिङ, आइएमइ प्रमुख अर्जुन शर्मा पौडेल र विभिन्न रेमिटबाट आउनुभएका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यममा महामहिम डा. अधिकारी ज्यूलाई मलेसियाका नेपाली व्यापारीहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, नेपाल एयर लाइन्सका कर्मचारीहरु, एनआरएनका पदाधिकारीहरुले खादा तथा फूलमालाले स्वागत गरिएको थिय भने नेपाल व्यापार समाजका उपाध्यक्ष भवानीशंकर तिवारीले स्वागत मन्तव्य दिनु भएको थियो । नेपाल तमु समाजका सांस्कतिक समूहले गीतद्वारा स्वागत गरेका थिए । उत्त कार्यत्रममा नेपाल व्यापार समाज मलेसियाका सह-सचिव विश्व राइले व्यापारिक समाजका बारेमा छोटो जानकारी सहित मलेसियामा भइरहेका नेपालीहरुको विभिन्न गतिविधि सम्बन्धी जानकारी गराउनु भएको थियो । मनकामना सपीङ सेन्टरका संचालक हाकिम श्रेष्ठले धन्यवाद ज्ञापन गनु ‍भएको थियो भने अतिथि हरिकुमार श्रेष्ठ ज्युले राजदुतको आगमनसँगै दुतावासको क्षमतामा पनि वृद्धि भएको कुरा आफ्नो मन्तव्यमा व्यक्त गर्नुभयो।
नेपाली मजदुरहरुको समस्याहरुलाई ध्यानमा राखेर पासपोर्ट नविकरण एकै दिनमा उपलब्ध गराइदिने, परिचय पत्र नभएकालाई दुतावास पस्नको लागि फोनबाट दुतावासमा जानकारी गराएमा गेटसम्म लिन आउने व्यवस्था गरिएको कुरा डा.अधिकारी ज्यूले जानकारी गराउनु भयो । नेपाली मजदुरहरुको विभिन्न समस्याहरुको कारण जड पत्ता लगाई समाधानको उपाय निकाल्न प्रयास गर्नका साथै सम्पूर्ण बुद्धिजिविहरु, व्यापारीहरु तथा पत्रकारहरुलाई सहयोगको आव्हान समेत गर्नु भएको थियो । 'जहाँ बढी समस्या हुन्छ त्यहाँ बढी अवसर हुन्छ' भन्नु हुँदै आफू मजदुरहरुको बीचमा मजदुरहरु कै समस्याको लागि काम गर्ने बचनबद्धता समेत गर्नुभयो ।
दुई चरणमा गरिएको स्वागत कार्यत्रमको दोस्रो चरणमा नेपाल तमु समाज मलेसियाका कलाकार समूहले विभिन्न नृत्य तथा गीत प्रस्तुत गरेका थिए । त्यस्तै गरी मुम्बै हुँदै मलेसिया आइपुग्नु भएका नेपालकै सदावहार गायक आनन्द कार्कीले अतिथि गायकका रुपमा आफ्नो ६ वटा समुधुर गीतहरु सुनाउनुभएको थियो भने गीतको तालमा ताल मिलाएर प्रमुख अतिथि, बुद्धिजिवि, पत्रकारहरु एकै साथ नाचेका थिए । निर्धारित समय भन्दा १२ मिनेट ढिलो शुरु गरिएको सो कार्यत्रम नेपाली व्यापारी समाजको प्रथम कार्यक्रम भएता पनि समग्रमा सफल कार्यक्रमको रुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन विश्व राई ज्यूबाट शुरु गरिएको भएता पनि अतिथि संचालक अन्तराष्टि्य नेपाली साहित्य समाजका सचिव इन्द्र नारथुङ्गे राइले गर्नु भएको थियो ।

No comments: